सौचालयमा लडेर ३१ बर्षिय युवाको मृत्यु

धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा गएराति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ ।

केदारटोलमा बस्ने जगतबहादुर बमका ३१ वर्षीय छोरा रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो ।

सोमबार राति शौचालय गएका बम लामो समयसम्म नफर्किएपछि परिवारका सदस्यले शौचालयको ढोका खोलेर हेर्दा बेहोस अवस्थामा फेला पारेको र उपचारका लागि धनगढीकै मायामेट्रो अस्पताल ल्याएकामा मृत भनी उपचारमा संलग्न चिकित्सकले बताएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

मृतक बमको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको बताइएको छ । रासस

Loading...
प्रकाशित मिति १ पुष २०७६, मंगलवार ०५:५०