फेरि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ / आज पुस महिनाको पहिलो दिन (मंगलबार) सुन तोलामा २ सय रुपैयाँ बढेको छ ।

आज पुन १ गते छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज सुनसँगै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...
प्रकाशित मिति १ पुष २०७६, मंगलवार ०६:०८