बागलुङमा बाँदर धपाउन गएका युवा भिरबाट लडेर मृत्यु

रबिना बोहरा

बाग्लुङ । बाग्लुङ नगरपालिका–४ स्थिर कुँडुले फेदीमा मकै खान आएका बाँदर धपाउने क्रममा भीरबाट लड्दा एक जनाको ज्यान गएको छ ।

कुँडुले फेदीमा आइतबार दिउसो मकै बारीमा आएका बाँदर धपाउदा चिप्लीएर भिरबाट खस्दा २२ वर्षीय सुदर्शन पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बारीको नजिकै भिर रहेको र बाँदर लखेट्ने क्रममा चिप्लिएर भीरबाट खसेको भन्दैं स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । केही समयमा घटनास्थल पुगेको प्रहरीले भीरबाट ५ सय मिटर तलबाट सुदर्शनको शव फेला पारेको भट्टराईले बताउनुभयो ।

अन्य समाचार

नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न प्रकारको गीत संगीतहरु आउने क्रममा एउटा निकै मिठो गीत “काले गुण्डा” भर्खरै मात्रै डिजिटल बजारमा आएको छ ।

काभ्रे संगम म्युजिक प्रालिको प्रस्तुतिमा लक्ष्मी दर्नालको पहिलो कोसेली “काले गुण्डा” बोलको लोक दोहोरी गीतमा गायिका गीता देबि, किरण गौतम र लक्ष्मी दर्नालको आवाज रहेको गीतको लय र शब्द पनि गौतमकै रहेको छ।

अर्जुन सिलवालको निर्देशनमा मोडल सन्जिब ठकुरी, लक्ष्मी दर्नाल, बिक्रम र एलिनाको अभिनय देख्न सकिन्छ। सागर गौतमको छायांकन र पदम सुवेदीको सम्पादनमा तयार गरिएको गीतको भिडियो सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको हो।

Loading...
प्रकाशित मिति २९ असार २०७६, आईतवार १३:४९