काठमाडौं / मोबाइल तथा कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’को एउटा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाली टिम सातौं भएको छ।
साउदी अरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्ट्रिक्स’ले सातौ स्थान हासिल गरेको हो।
३२ राष्ट्रहरुले भाग लिएको प्रतियोगितामा नेपाली टिम सातौं भयो र १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) जित्न सफल भयो। पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेर एक लाख डलर प्राप्त गरेको छ।
यसैगरि दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर पाएको छ भने तेस्रो स्थान हासिल गर्ने अर्जे्न्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ।