महिला प्रहरीको पेस्तोल लिएर प्रेमि फरार

जनकपुर / उच्च अदालत जनकपुरकी न्यायाधीश शकुन्तला घिमिरेको सुरक्षामा खटिएकी महिला प्रहरीका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका छन् ।

न्यायाधीश घिमिरेको सुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी ७ राउण्ड गोली लोड गरिएको पेस्तोल लगेर फरार भएका हुन् ।

जनकपुरको भैरव चोकमा डेरा बस्दै आएकी प्रहरी जवान केवटलाई भेट्न आएका प्रेमी गोली लोड गरिएको पेस्तोल लगेर फरार भएको बताइएको छ ।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति १ पुष २०७६, मंगलवार १२:५०