मलाई ऋण दिएर सहयोग गर्नुस् , म नेपाल बनाउछु – महाविर पुन

काठमाडौं / लामो समय देखि नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्दै आउँनु भएका समाजसेवी महावीर पुनलाई आर्थिक सहयोगको आवश्यक्ता परेको छ । जनताले देशको विकासका लागि नेता छानेर पठाउँछन्, जो विलाशिताको जीवन बाँच्दै आएका छन् ।

तर पुन भने देशको सेवा गर्नको लागि अमेरिकामा भएको लाखौं डलरको जागिर छोडेर नेपाल आउँनु भएको छ । गाउँ गाउँमा अस्पताल, विद्यालय, सडक, पानी, विद्युत्त पुर्याउने कसम खाएका नेताहरु आफ्नै झोला भर्नमा व्यस्त रहेका छन् ।

सांसदहरुले ६ करोड रुपैयाँ आफु खुःशी खर्च गर्न पाउँने गरि व्यवस्था गर्न लागिरहेका छन् । सांसद भएको केही वर्षमा नै छोराछोरी विदेश पठाएर पुस्तौ पुग्ने सम्पती जम्मा गरिरहेका हुन्छन् । आज नेपाल हरेक क्षेत्रमा पछि पर्नुको कारण पनि यही नै हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले करिव तीन करोड ऋ’ण चाहिएको बताउनु भएको छ । उहाँले बिश्वासको भरमा ४ प्रतिशत ब्याज दरमा आफ्नो नाममा ऋ’ण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनुहुन्छ भने सहयोग गर्नुहोस भन्नु भएको छ ।

उहाँले अमेरिका, क्यानडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने हर कोही नेपालीले सहयोग दिन सक्ने बताउनु भएको छ । उहाँले यो ऋ’ण आफुले दुई महत्वपुर्ण कामको लागि खोजेको पनि स्पष्ट पार्नुभएको छ ।

एउटाले नै सबै रकम ऋ’ण दिनु पर्छ भन्ने कुरा अनिवार्य नभएको भन्दै सकेको ५, १०, २० लाख दिए पनि पर्याप्त हुने बताउनु भएको छ । उहाँले अर्को दुःखद पक्ष पनि राख्नु भएको छ । यो रकमका लागि उहाँले सरकारलाई नगुहार्नु भएको पनि होईन तर सरकारले उहाँको कुरा सुन्न नै आवश्यक ठानेन् । यस्तो रहेको छ पुनको अपिल

Loading...
प्रकाशित मिति १ पुष २०७६, मंगलवार १९:०६