स्कुल गएका तीन जना बालकहरू बे’पत्ता

बेलबारी / स्कुल गएका बिध्यार्थीहरू एकाएक घर नर्फिकिए पश्चात खाेजी गर्न अभिभावकले हारगुहार गरेका छन् । बिहान ९:३० बजे विध्यालय हिडेका बेलबारी नगरपालिका वडानंं १ नक्साल बारी (बिहानी चाेक)का सन्देश मगर, अन्जन मगर र इशुब बिक बे’पत्ता भएका छन् ।

तीन जना बिध्यार्थीहरू बेलबारी स्थित श्री जनता माध्यमिक बिध्यालयमा अध्यानरत थिए । अभिभाबक मध्येका एक राज कुमार मगरका अनुसार अहिले सम्म छाेराहरू घर नफर्किएकाेले चिन्नित बनेका छाै । केबल १० मिनेटकाे दुरीमा रहेकाे बिध्यालयमा उनिहनु नपुग्नुले थप चिन्ता थपेकाे बताए । उनका अनुसार आफुले दिउसाे ३ बजे छाेराे लिन बिध्यालय जाँदा छाेराहरू हराएकाे थाह भएकाे बताए । उनले छाेराहरूकाे खाेजि गरिदन सबैमा आग्रह समेत गरेका छन् ।तीनै जना बिध्यार्थीहरू गयल रहेकाे बिध्यालय श्राेतले जनाएकाे छ ।

हाल सम्म आफ्ना छाेराहरू घर नफर्किएकाेले अभिभावकहरू चिन्तित बनेका छन् । ईलाका प्रहरी कार्यलय बेलबारीमा सम्पर्क गर्दा बालकहरूकाे उच्च प्रथमिकताका साथ खेजतलास जारी रहेकाे जनाएकाे छ ।

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०१:५०