उदयपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

उदयपुर, ३ पुस / बिहीबार भारतीय नम्बर प्लेट भएको जीप उदयपुरगढी गाउँपालिका वडा न ३ मा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका ३ का ६० बर्षीय सेत बहादुर श्रेष्ठ, ५० बर्षीय ढकबहादुर स्मालीमगर र ३६ बर्षीय मिन बहादुर श्रेष्ठको मृतयु भएको उदयपुरगढी गाउँपालिका ३ का वडा अध्यक्ष मनोज कार्कीले जानकारी दिए।

भारतीय नम्बरप्लेट एस के ०१ पिबी ३०६८ नम्बरको जीपमा भारतको सिक्किममा रहेको आफन्त भेटघाट गरि फर्कने क्रममा जिप दुर्घटना भएको जनाइएको छ ।

सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर पश्चिम रहेको छ । दुर्घटनामा परी अन्य ५ जना घाईते भएका छन । ती मध्ये ३ जना गम्भिर रहेको र उनीहरुलाई जिल्ला बाहिर रेफर गरिएको छ ।

२ जनाकाे स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाए ।

( फाइल तस्बिर )

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०६:४९