पहिलोपटक केक काटेर जन्मदिन मनाइन् कमलाले [भिडियो हेर्नुहोस् ]

काठमाडौं / पछिल्लो समय सामाजिक सन्जालमा सर्वाधिक भाईरल भएकी बाल प्रतिभा हुन्, कमला घिमिरे । धादिँगकी कमला घिमिरेले ११ बर्षकै उमेरमा गाउँको एक कार्यक्रममा लाईभ दोहोरी गाएपछि उनको भिडियो गाउँकै एक मिडियाकर्मी समेत रहेका अमृत सापकोटाले फेसबुकमा हालेपछि उनको कलालाई सबैले शेयर गरे । पछि युटुब च्यानलहरु पनि उनको घरमै पुग्न थालेपछि कमला भाईरल बनिन् ।

यसैबिच कमला १२ बर्षकी भएकी छिन् र जीवनकै पहिलो पटक उनले केक काटेर आफ्नो जन्मदिन मनाएकी छिन् । इतिहासकै पहिलो पटक उनले र राजु परियारले गाएको लाईभ दोहोरीले १ करोड भ्युज पनि पायो ।

भिडियो हेर्नुस

भाईरल बालिका गायिका कमला घिमिरेको आज जन्म दिन परेको छ। आज अर्थात पुषको ३ गते कमला ११ वर्ष पार गरेर १२ बर्षमा लागेकी छिन। कमला मिडियामा भाईरल भए संगै उनको स्वर र उनको कलालाई सबैले मन पराएका छन भने देश तथा बिदेशमा कमला घिमिरेको माग बढ्दो रहेको छ। कमला घिमिरेको सानै उमेरमा दोहोरी फर्काउने कला र स्वरको सबैले मन पराएका छन।

त्यस्तै यस अघिनै चर्चित कलाकार संग दोहरी गाई सकेकी कमला घिमिरेको स्वरमा रहेको र अभिनय रहेको ३ वटा गीत बजारमा आएर पनि अत्याधिक चर्चा कमाइ सकेका छन। पहिलो गीता चिया छानेकोले १ करोड भन्दा धेरै पटक हेरीई सकिएको छ भने अन्य गीतले पनि राम्रै स्थान पाएका छन।

कमलाको जन्म दिनमा कमला सलाई यहाँ सम्म लेराउना सहयोग गर्ने अमृत सापकोटा र कमलाको पछिल्लो समय सम्बन्ध बिग्रिएको भनीए पनि अमृतले लामो स्टाटस लेखेर कमलालाई जन्मदिनको शुभकामना दिएका छन। हेर्नुहोस अमृत सापकोटाको स्टाटस।

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार १५:३१