युट्युब ट्रेण्डिङ १ मा ‘कमेडी च्याम्पियन’

काठमाडौं / नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ आठौ इपिसोडसम्म पुग्दा सातौं इपिसोड युट्युव ट्रेण्डिङको पहिलो स्थानमा आएको छ । यस रियालिटी शोले टप १० प्रतियोगी पाईसकेको छ ।

यो समाचार तयार पार्दा शोले ५ लाख ७३ हजार बढी भ्युज पाएको छ । भने हजार भन्दा बढी कमेन्ट पाएको छ । पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय बन्दै गएको शो कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको छ । टीभीको साथै यो शो कमेडी च्याम्पियनको अफिसियल युट्युब च्यालनमा पाउन सकिन्छ ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजनका टप १० मा आदर्श मिश्र, अमोद अर्याल, अनिल राई, विष्णु प्रसाद गौडेल, हिमेश पन्त, क्षितिज केसी, प्रनेश गौतम, सजन श्रेष्ठ, सुमन कार्की, सुमन कोइराला पर्न सफल भएका छन् । कमेडी च्याम्यिनको विजेता भोटिङबाट छनोट गरिनेछ । नेपालबाट ईसेवा मोबाइल एप र नेपाल बाहिरबाट कमेडी च्याम्पिएन मोबाइल एपबाट भोट गर्न सकिन्छ । ‘कमेडी च्याम्पियन’मा बिजेता बन्नेले नगद २५ लाख पाउनेछन् ।

रिमा विश्वकर्माले सञ्चालन गर्ने यस रियालिटी शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । विशाल भण्डारीले निर्देशन गरिरहेको यस रियालिटी शोको केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रेशु तामाङ निर्माता हुन् । ‘कमेडी च्याम्पियन’को अनिल खड्का र कुबेर डंगोल मुख्य सहायक निर्देशक हुन् ।

Loading...
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार २३:४३