चितवनबाट एसपी दानबहादुर मल्लको सरुवा, गंगा पन्तको इन्ट्री

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको सरुवा भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज (शुक्रबार) मल्लसहित २४ जना एसपीको सरुवा गरेका हुन् ।

एसपी मल्लको ठाउँमा महिला प्रहरी उपरीक्षक गंगा पन्त आउने भएकी छिन् । एसपी दान बहादुर मल्ल चितवन आएको एक वर्ष पनि भएको छैन ।

एसपी मल्लको सरुवा कुन ठाउँ भएको हो भन्ने बारे अहिले खुलाइएको छैन ।

अन्य समाचार

पुस, काठमाडौं । आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेष्टिबलका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएका छन् ।

छनोट हुनेमा साढे तीन वर्षीय बालक कृभिशेष खड्कासमेत छन् ।

ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टिबलका लागि काठमाडौंमा भएको पहिलो चरणको अडिसनबाट प्रि-किड्स, किड्स, प्रि-टिन र टिनहरु गरी १२ जनालाई छनोट गरिएको छ ।

अडिसनबाट कूल ३५ जना छानिने छन् । त्यसका लागि भक्तपुर, इटहरी, धरान, विराटनगर र पोखरामा पनि अडिसन हुनेछ ।

प्रतियोगितामा ३.५ देखि १७ वर्ष उमेर समूहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने आगामी अप्रिल २५ तारिखमा हुनेछ ।

ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वर्ल्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजुलगायत निर्णायक थिए । अतिथिको रुपमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायत सहभागी थिए ।

Loading...
प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार १२:३८