सरु सुनारले जितिन् अन्तरास्ट्रिय एनपिस अवार्ड

हरेक बर्ष युएनडिपिले शान्ति स्थापना र लैङ्गिक समानताका लागि काम गर्ने एसिया अन्तर्गत नेपाल , फिलिपिन्स ,अफगानिस्तान ,श्रीलंका , पाकिस्तान , म्यानार र इन्डोनेसियाका अभियान्ता र संस्थालाई हरेक बर्ष एनपिस अवार्ड प्रदान गर्दै आएको छ।

नेपालका लागि ( N- PEACE-2019)का लागि उमा थापा मगर , रजनी कोइराला र सरु सुनार मनोनीतमा परेका थिए । दुई जनालाई पछि पार्दै नेपालबाट सरु सुनारले यो अवार्ड जित्न सफल भएकी छिन ।

नेपालमा रहेको जातीय छुवाछूत , विभेद र जातकै कारण ज्यान गुमाउन परेको थुप्रै घटनामा सस्था र ब्यक्तिगत रूपमा मिडियाबाट शसक्त आवज उठाउदै र पीडितको साहारा बन्दै आएकी सुनार untold story अन्तर्गत अन्तर्राष्ट्रिय एनपिस अवार्ड जित्ने नेपालको पहिलो दलित महिला बनेकी छन् ।

अवार्डको रिजल्ट आए पछि आफुलाइ भोट गरि , माया गरि जिताउने सबैलाई फेसबुक मार्फत धन्यवाद दिएकी छिन ।

Loading...
प्रकाशित मिति ५ पुष २०७६, शनिबार १५:३७