‘रवि लामिछाने मेरो सोल्टी हो’ भन्दै ठगी धन्दा

काठमाडौं / देशमा रोजगारी नपाएर भौतारीरहेका झापा विर्तामोड नगरपालिकाका ५ जना युवाहरु विक्रम राउतको सम्पर्कमा पुगे ।

जसले माल्दिभ्समा बसेर ईश्वर पोखरेल, नारायण सापकोटा लगायत ५ जना युवाहरुलाई रोजगारीका लागि माल्दिभ्स लैजाने बताएका थिए । उनीहरुबीच सुरुमा पैसा नदिने सहमति पनि भएको थियो ।

राउतले सबै काम भएको भन्दै मेडिकल ओरिन्टेशनसमेत गराए । त्यस्तै उनले १५ दिनभित्र विदेश जाने वातावरण बनाउने भन्दै आश्वसन देखाए । त्यसपछि राउतले ३ दिन भित्र भिसा आउने भन्दै सबैलाई काठमाडौं बोलाए ।

काठमाडौं आएका उनीहरुले २८ दिनसम्म होटलमा भिसा कुरेर बसे, तर भिसा आएन । २८ दिनपछि राउतले नक्कली भिसा पठाउँदै भिसाको काम पूरा भएको तर, कम्पनीले पैसा नपठाई बोलाउन नसकिने बताएको भन्दै पैसा माग गरे ।

राउतले भनेजस्तै उनीहरुले राउतका नेपालमै रहेका साथी केशव गजुरेलको बैंक खातामा साढे १० लाख रुपैयाँ हालिदिए ।

त्यसपछि पनि राउतले उनीहरुलाई झुलाउने मात्र काम गरे । पीडितहरुले पछि हामीलाई विदेश लैजानु पर्दैैन, हाम्रो पैसा फिर्ता गरिदेउ भन्दा राउतले उल्टै धम्क्याउन थाले ।

पीडितहरुले प्रहरी तथा सीधाकुरा जनतासँग कार्यक्रममा जाने बताएपछि तत्कालीन मन्त्री गोकर्ण विष्ट आफ्नो चिनजानको मान्छे भएको र रवि लामिछाने आफ्नो सोल्टी भएको भन्दै जहाँ गएपनि केही नहुने भन्दै तर्साए ।

राउतले २ जनालाई ड्राइभर र ३ जनालाई एयरपोर्टमा काम लगाइदिने बताएका थिए, भने मासिक ५ सय डलर तबल हुने आश्वासन दिएका थिए ।

Loading...
प्रकाशित मिति ५ पुष २०७६, शनिबार १६:२९