खोटाङमा सुत्केरीको हेलीकोप्टरबाट निशुल्क उद्धार

खोटाङ / शल्यक्रियापछि रक्तश्राव र उच्च रक्तचापका कारण सिकिस्त बनेकी खोटाङकी एक सुत्केरी महिलाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–वडा नम्बर–१ हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ) लाई नेपाली सेनाको नायन एनआर एआई हेलीकोप्टरमार्फत उद्धार गरिएको हो ।

शनिबार बेलुका जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया गरिएकी श्रेष्ठलाई आईतबार थप उपचारको लागि काठमाडौँ रेफर गरिएको जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख रोशन ग्वाछाले जानकारी दिए ।

Loading...
प्रकाशित मिति ६ पुष २०७६, आईतवार १२:४२