मलेसिया जाने कामदाहरुका लागी खुशीको खबर

काठमाडौं । सन् २०२० को जनवरी १ तारिख देखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढने निश्चित भएपछि अहिले नेपाली युवाहरु मलेसिया जानेक्रम बढ्दो छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले श्रमिकको न्यूनतम तलब जनवरी १ देखि बढाउने तयारी गर्दै जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट सहित ५७ वटा शहरमा काम गर्ने कामदारहरुको तलव बढाउने तयारी गरिरहेको छ । मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ ।

तलव बढेपछि कामदारले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् । मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिंगेट रहेको छ ।

हालको सत्तारुढ गठबन्धनले मजदुरहरुको न्यूनतम तलब १५ सय रिंगिट बनाउने तयारी गरिरहेको स्रोतको भनाई छ ।

Loading...
प्रकाशित मिति ६ पुष २०७६, आईतवार १३:००