ओखलढुंगा विमानस्थलबाट उड्यो पहिलोपटक जहाज

ओखलढुंगा / ओखलढुङ्गाको पर्यटकीय क्षेत्र खिजीदेम्वामा एउटा विमानस्थल निर्माण गर्न १३ वर्ष लाग्यो । विसं २०६३ सालमा निर्माण थालिएको विमानस्थलको काम गएको हप्ता सकिएको थियो । खिजीदेम्वा गाउँपालिका ३ को खिजीचण्डेश्वरी विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको छ ।

तारा एअरको नाइन एन एईभी विमान बिहान साढे आठ बजे विमानस्थलमा अवतरण गरिएको थियो । परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि पर्यटन मन्त्री योगेश भट्टराई र संघीय संसदको विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवार पुग्नुभएको थियो ।

परीक्षण उडानपछि सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो । उहाँले विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Loading...
प्रकाशित मिति ७ पुष २०७६, सोमबार ०८:५१