तीन दिनमा ‘दबंग ३’ले कमायो यति धेरै

बलिउड अभिनेता सलमान खान अभितिन चलचित्र ‘दबंग ३’ले धमकेदा व्यपार गरेको छ । उक्त चलचित्रले तीन दिनमा ७८ करोड भारू कमाएको छ ।

‘दबंग ३’ले रिलिज भएको तेश्रो दिन २९ करोड भारू कमाउन सफल भएको हो । र विवादित बन्दै गएपनि यो चलचित्रले हाल सम्म ७८ करोड भारूको कमाइ गरिसकेको छ ।

ले रिलिजको पहिलो दिन २४।५० करोड भारु कमाइ कमाइ गरेको यो चलचित्रले दोश्रो दिन २४।७५ करोड भारू कमाएको भारतिय मिडियाले जनाएको छ ।

यसमा सलमान फेरि चुलबुल पाण्डेकै भूमिका देखिनेछन् । त्यस्तै, चलचित्रमा अभिनेत्री सोनाक्षी सिन्हा महिला मुख्य भूमिका खेल्ने छन् ।

दक्षिण भारतीय फिल्मका सुपरस्टार किचा सुदीप फिल्ममा नकारात्मक भूमिका रहेका छन् ।। यो चलचित्र प्रभु देवाले निर्देशन गरेका हुन् । निर्देशक प्रभुले भने, ‘यो एकदमै सलमान खान फिल्म हो । दर्शकले सलमानलाई पर्दामा जस्तो देख्न चाहन्छन्, उनको चरित्र फिल्ममा त्यस्तै छ । यो फिल्म तुलनात्मकरूपमा ‘दबंग’ सिरिजकै सबैभन्दा ठूलो फिल्म हुने पक्का छ ।’

Loading...
प्रकाशित मिति ७ पुष २०७६, सोमबार ११:५७