कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई पुरस्कार सहित सम्मान

काठमाडौ, ८ पुस । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनलेनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक सन्दुक रुइतलाई हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानित गर्ने भएको छ ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै घिसिङ र रुइतलाई दुई लाख पुरस्कार राशीको हेमबहादुर मल्ल पुरस्कारबाट सम्मान गर्न लागेको जानकारी गराएको हो ।

घिसिङलाई लामो समयदेखि लोडसेडिङकाे समस्यालाई हटाउन योगदान गरेको र रुइतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकाले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाइएको छ ।

सम्मान प्रदान गर्न गठित उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले घिसिङलाई २०७३ सालको र रुइतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताउनुभयो ।

हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मनुभएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रबन्धक भएर रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गर्नुभएकोले कर्पोरेशनले उहाँको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो ।

Loading...
प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १४:२१