‘लुकेको मोती’ उदयपुरको ताप्ली पोखरी ( भिडियो सहित )

उदयपुर / उदयपुरको ताप्ली गाउापालिका-२ लेखगाउस्थित ताप्ली पोखरी प्राकृतिक सौन्दर्य र धार्मीक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थल बन्ने सम्भावना छ । जनप्रतिनिधि आएपछि पनि पूर्वाधार विकासमा ध्यान नजाादा ताप्ली पोखरीको पर्यटकीय लाभ लिन सकिएको छैन ।

समुन्द्री सतहबाट करिव पाँच हजार नौ सय फिटको उचाईमा रहेको ताप्ली पोखरी मनोरम प्राकृतिक छटाले भरिपूर्ण छ । बाहै्र महिना चिसो हुने यस स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ भने पोखरीमा पुजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास समेत रही आएको छ । करिव ७५ मिटर चौडाई र तीन सय मिटर लम्वाई फैलिएको पोखरीलाई पन्चकन्या पोखरी नामले पनि चिनिन्छ । सत्ययुगमा यहाा पााचवटा कुवा रहेको र पानी भर्न आएका पााचवटी कन्या अलप भएपछि पोखरीमा परिणत भएको किंवदन्ती छ ।

ताप्ली पोखरी पुग्ने सडक निर्माण लगायत अन्य पूर्वाधार विस्तारमा सरकारी ध्यान नपूगेको स्थानीयको गुनासो  छ । पोखरीबाट पर्यटकीय लाभ लिन प्रचाप्रसार पनि जरुरी रहेको उनीहरुको भनाइ छ । ताप्ली पोखरीमा पूर्वाधार विस्तार गरी पर्यटकीय क्षेत्रका रुपमा चिनाउन सके स्थानीयको आयआर्जनमा बृद्धि हुने मात्र हैन, यस क्षेत्रको समग्र विकास समेत टेवा पुग्ने देखिन्छ ।

हेर्नुहोस् यो भिडियो रिपोर्ट

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार ०२:५४