ह्वात्तै बढ्यो मासु र अण्डाको भाउ

काठमाडौं / नेपाली बजारमा ब्रोइलर कुखुराको मासु र अण्डाको मूल्य बढेको छ । ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३५ रुपैयाँ मूल्य बढेको जनाइएको छ । त्यस्तै नेपाल अण्डा उत्पादक संघले ब्रोइलर कुखुराको मासुको मूल्य बढेसँगै अण्डाको मूल्य पनि बढाएको छ ।

नेपाल अण्डा उत्पादक संघका अनुसार अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढेको जनाइएको छ ।

ह्याचरी उद्योगीले आन्दोलन गरेपछी ब्रोइलर कुखुराको मासु बढेको जनाइएको छ । आपूर्ति कम भएको भन्दै एक साताअघि व्यवसायीले आन्दोलन गरेका थिए ।

Loading...
प्रकाशित मिति ९ पुष २०७६, बुधबार १६:३६