सिन्धुपाल्चोक दुर्घटनामा बाचेकी बालिका आफन्तको जिम्मामा

६ किलो मोड दुर्घटनापछि सिन्धु सदाबहार अस्पतालको हेरचाह र रेखदेखमा रहेकी बालिकालाई बिहिबार आफन्तको जिम्मा लगाइएको छ । दुर्घटनास्थलबाट उद्धार गरि अस्पतालको संरक्षणमा छाडिएकी सिन्धु (अस्पतालले राखेको नाम) लाई बिहिबार उनका मामा सर्लाहीका मैतेसिं लो, उनकी सानीआमा सुकुमायाँ लो र ठूलीआमा चिनमायाँ लो लाई जिम्मा लगाइएको हो ।

सिन्धु सदबहार अस्पतालका अध्यक्ष कमल नेपालले बालिकालाई आफन्तको जिम्मा लगाउनुभयो । जिल्ला प्रहरी कार्यालयमा प्रनाउ माधव प्रसाद काफ्ले, सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल, सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिना र स्थानीय अगुवाहरुको रोहबरमा बालिका जिम्मा लगाइयो ।

अस्पतालका अध्यक्ष कमल नेपाल, संचालक समिति सदस्य तथा अस्पतालका कर्मचारीहरुले बालिकालाई टीका लगाइदिएर आफन्तको जिम्मा लगाइएका हुन् ।

Loading...
प्रकाशित मिति १० पुष २०७६, बिहीबार ११:०३