भगवान भण्डारी र देवी घर्तीको ‘स्कुल पढ्दा’ सार्वजनिक [भिडियो]

काठमाडौं / लोकप्रिय गायक तथा सर्जक भगवान भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले शुक्रबार ‘स्कूल पढ्दा’बोलको गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

भगवान भण्डारीकै शब्द/संगीतमा रहेको गीतमा उनीसंगै देवी घर्ति मगर र रेशम निर्देशले स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन छ।

यो गीतमा स्कूले जिवनको मायाप्रेमको कथालाई स्मरण गरिएको छ। गीतको भिडियोमा सर्जक भगवान स्वयंम र सिर्जना घिमिरेले अभिनय गरेका छन्। वाल कलाकारका रुपमा असिम बराल र कुसुम परियारलाई भिडियोमा देख्न सकिन्छ। प्रकाश भट्टले यस भिडियोको निर्देशन गरेका हुन्।

राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०४:१४