विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ भने एकपटक पढ्नुहोस्

काठमाडौं / नेपाल राष्ट्र बैंकले शुक्रबार ९पुस ११० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८० पैसा र बिक्रीदर ११४ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३२ पैसा रहेको छ ।यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र बिक्रीदर २७ रुपैयाँ ६८ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०४:२१