काठमाडौँबाट नुवाकोट जाँदै गरेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

तस्बिर / नुवाकोट एक्प्रेस

नुवाकोट । काठमाण्डौंबाट फोहर लिएर नुवाकोट जाँदै गरेको गाडी तिनपिप्लेमा दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालीका ३ मा फोहोर बोकेर जाँदै गरेको ना२ख ३३३८ नम्बरको गाडी आज बिहान ८ बजे तिर दुर्घटना भएको हो । सडकदेखि करीब ५० मिटर तल खसेको उक्त गाडी दुर्घटनाको कारण खुल्न सकेको छैन ।

गाडी दुर्घटनामा दुई जना च्यापीएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनिहरु गाडीका चालक र सहचालक रहेको अनुमान गरिएको ।

उनिहरुको उद्धारकार्य भइरहेको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडा लामाले जानकारी दिनुभयो ।

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार ०५:२६