मकवानपुर / रौतहटको चपुरबाट काठमाडौ आउँदै गरेको टाटा सुमो दुर्घटना भएको छ । ना १ ज ३४३३ नम्बरको सुमो मकवानपुरकाे इन्द्रसरोबर ३ मा अपरान्ह १२.३० मा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
सुमो सडकभन्दा ३ सय मिटर तल भीरबाट खसेको हाे । दुर्घटनाबारे बिस्तृत जानकारी केही बेरमा आउने मकवानपुर ट्राफिक प्रमुख हरि बिष्णु ढकालले जनाएका छन् ।
नुवाकोट । काठमाण्डौंबाट फोहर लिएर नुवाकोट जाँदै गरेको गाडी तिनपिप्लेमा दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ ।
तारकेश्वर नगरपालीका ३ मा फोहोर बोकेर जाँदै गरेको ना२ख ३३३८ नम्बरको गाडी आज बिहान ८ बजे तिर दुर्घटना भएको हो । सडकदेखि करीब ५० मिटर तल खसेको उक्त गाडी दुर्घटनाको कारण खुल्न सकेको छैन ।
गाडी दुर्घटनामा दुई जना च्यापीएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनिहरु गाडीका चालक र सहचालक रहेको अनुमान गरिएको ।
उनिहरुको उद्धारकार्य भइरहेको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडा लामाले जानकारी दिनुभयो ।