दोहोरीगीत प्रतिष्ठानले गायन कला प्रशिक्षण दिने , ( यसरी भर्नुहोस् फारम)

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले कलाकारहरुलाई प्रशिक्षण दिने भएको छ । प्रतिष्ठानले एक सुचना प्रकाशित गरि आगामी माघ महिनाबाट ६ महिने कलाकार प्रशिक्षण कार्यक्रम अन्तर्गत गायन विधाको प्रशिक्षणमा पहिलो समुहको भर्ना समेत सुरु भैसकेको जनाएको छ । प्रशिक्षण प्रतिष्ठानकै कार्यलय काठमाडौं टोखामा दिईने छ ।

ख्यातीप्राप्त गायक प्रशिक्षकले प्रशिक्षण दिने, बिहान बेलुका गरेर आफुलाई पायक पर्ने दुवै समयमा सिक्न सकिने, आर्थिक अवस्था कमजोर, दुर्गम तथा नवप्रतिभा कलाकारलाई छुटको व्यवस्थापनि गरिएको प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

प्रशिक्षणमा सहभागीको लागि प्रतिष्ठानले प्रशिक्षण शुल्क १ सय र फारम दस्तुर ६ हजार तोकेको छ ।

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार १३:२३