शिल्पाले रुँदै भनिन् : अब म त्यो घर जान सक्दिन डिभोर्स गर्छु ( भिडियो सहित )

चौतारी / छवी ओझा र शिल्पा पोखरेल आए वास्तविकता खोल्न रजतपट कार्यक्रममा,शिल्पाले फेरी अर्को सनसनीपूर्ण रहस्य खोलिन (पुरा भिडियो – काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो श्रीमान छविराज ओझा विरुद्ध एकाएक प्रहरीमा उजुरी गरेपछि माहोल गर्माएको थियो । तर गत बिहिबार निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच महानगरीय प्रहरी परिसर,टेकुमा सहमति भएको छ ।

शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा माहोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् । उनले ओझाले निर्माण गरेको फिल्म ‘लज्जा’बाट चलचित्रमा डेब्यु गरेकी हुन् ।

उनीहरु बीच आगामी दिनमा झगडा नगर्ने भन्दै लिखित सम्भौता भएको हो । तर, ओझाले डिर्भोस नदिने उल्लेख गरेका छन् । घरझगडा भएपछि शिल्पा अहिले दाई बनाएकी विकाश रौनियारको घरमा बस्दै आएकी छिन् । टेकु निस्किएपछि पनि शिल्पा दाइ रौनियारकै गाडीमा बसेर गइन् ।

गाडीमा उनी रोइ रहेकी देखिन्थिन् । प्रतिक्रिया दिनुस भनेपछि शिल्पाले भनिन – ”मलाई जे पर्यो मैले भोगे,! कसैलाई दुख्दैन मलाई मात्र दुख्छ, यदि कसैलाई त्यस्तै पिर परेको छ त्यस्तै पिडा परेको छ भने कृपया आउन सक्नु हुन्छ ।

म आए भने तपाईहरु पनि नडराई आउनु ।” शिल्पाका अनुसार छबी राज ओझाले शिल्पासंग माफी मागेका छन् । अब देखि त्यसो नगर्ने सहमति भएको बताएका छन । उनीहरुको प्रहरी परिसरमा सहमति भएपनि शिल्पा अझै घर फर्किएकी छैनन् । यहि विषयमा उनीहरु रजतपट कार्यक्रममा आएका छन । पुरा भिडियो हेर्नुहोस :

छविराज ओझा के भन्छन् यो पनि पढ्नुहोस् :

चौतारी / चलचित्र क्षेत्रमा बाघ निर्माताको नामले परिचित एक निर्माता छविराज ओझा हालैमात्र घरायसी विवादले चर्चामा आएका छन् । उनको चौथो पत्नीको रुपमा २०७३ सालमा भित्रिएकी अभिनेत्री शिल्पा पोख्रेलले आफू असुरक्षित भएको भन्दै प्रहरी समक्ष उजुरी दर्ता गरेका थिए ।

यसअघि पनि विवाहकै कारणले चर्चामा आएका छविराज ओझा यसपटक भने प्रहरी परिसर सम्म पुग्न बाध्य नै भए, घरेलु हिंसा बाट मुक्त हुन आफूले उजुरी दिएको बताउने अभिनेत्री शिल्पाले अझै पनि छवि सँग एकता हुने नहुने भन्ने दोधारमा रहेको मिडियालाई बताएका छन् । ‘उनी हालै नाताले दाइ पर्ने दीपक रौनियार र सम्झना रौनियारको घरमा शरण लिएर बसेकि छिन् ।’

केही मिडियामा छविको कुटपिटबाट कानको जाली फुटेको अभिव्यक्ति दिएकी शिल्पाको स्वस्थ्य अवस्था बारे अहिलेसम्म केही बाहिर आएको छैन, ‘तर; आफुले हातपात नगरेको र सामान्य घरायसी विवाद भएको छविको दाबी छ ।

शिल्पाले आफू घरेलु हिंसाको सिकार बन्न परेको भन्दै ओझाको पुर्व पत्नी नायिका रेखा थापालाई पनि गुहारेको उनी निकट स्रोतहरु बताउँछन् । अहिले उनिहरुको दुईको विवाद प्रहरी परिसर टेकु बाट मिलिसकेको छ । छविले प्रहरी समक्ष माफी मागेर (आइ लभ यु ) भनेपछि विवाद टुंगिएको हो ।

झगडा मिलेपनि शिल्पाले असन्तुष्ट जनाउन चाहि छाडेकी छैन उनले भनेकी छिन्,

“विवाह गरेको महिना दिन पछि उहाँको व्यवहारमा परिवर्तन आयो, त्यसपछि तिन बर्ष लगातार अर्थात आजसम्म म माथि घरेलु हिंसा गरिरहनु भयो”

छविले पनि केही मिडियामा बोलेका छन् आफुहरुको सहमति भइसकेपनि श्रीमती  अहिलेसम्म घर नआएको उनको भनाइ छ । तर छवि शिल्पाबाट टाढा रहन चाहँदैन । उनी भन्छन् : म अन्तिम सास शिल्पा सँगै फेर्न चाहन्छु”

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार ०७:०१