मोरङ / आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला ।
हो, यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको हो । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन् ।
उनीहरुले शुक्रबार ८ सय जनालाई बासमती चामलको भात र राजमाको तरकारी खुवाए ।स्थानीय समाजसेवी दिलिप धाडेबाल, दिपक पौडेल, नन्द तापडिया, आमोद कुईंकेल, मनोज भगत, पवन अग्रवाल र मोहन भगतले १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा घर प्याक खाना खुवाइरहेका हुन्।
( पत्रपत्रिका बाट )