बाबु बन्दै राज बल्लभ

काठमाडौं / अभिनेता राज बल्लभ कोइराला बाबु बन्ने भएका छन् । एक समयका निकै हिट अभिनेता कोइराला केहीवर्ष पहिले सिनेमामा राम्रो चर्चा पाउँदै गर्दा हलिउड सिनेमा ‘हाइवे टु धुम्पुस’मा काम गर्न अमेरिका पुगेका थिए । सिनेमाको छायाँकनका लागी अमेरिका पुगेका उनी त्यसपछि नेपाल फर्केनन् ।

कोइरालाले सामाजिक संजालमार्फत श्रीमतीको बेबी बम्प सहितको तस्विर सेयर गर्दै बाबु बन्न लागेको जानकारी दिएका हुन् । तस्विरमा श्रीमतीका साथ उनी निकै खुसि देखिन्छन् ।

‘पर्खि बसे’बाट नेपाली सिनेमामा डेव्यु गरेका राज बल्लभले थुप्रै सुपरहिट सिनेमामा अभिनय गरेका छन् । भने, ‘राघव’ नामक नेपाली सिनेमा निर्माण समेत गरेका थिए ।

लामो समयबाट अमेरिकालाई कार्यथलो बनाएका उनले २०७४ सालको मङ्सिरमा प्रेम बिवाह गरेका थिए । उनकी पत्नी अमेरिका निवासी प्रतिमा बिमली बायो मेडिकल इन्जिनियर हुन् ।

करियर ओरालोलागे संगै अमेरिका पुगेका उनी नेपाल आएको समयमा भने सिनेमाक्षेत्रमा कमब्याक गर्छु भन्न छोड्दैनन् । तर, उनले कहिले सिनेमामा कमव्याक गर्छन कसैलाई थाहा छैन् ।

Loading...
प्रकाशित मिति १३ पुष २०७६, आईतवार ११:०२