काठमाडौंबाट नेता गजुरेल पक्राउ

काठमाडौं / मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ परेका छन् भा रतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो ।

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस सिंहदरबार घेराउ गर्ने भन्दै हनुमानथानतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेललाई पक्राउ गरिएको हो ।

बिजुलीबजार नजिक झडपको स्थिति समेत सिर्जना भएको थियो प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा १ जना प्रदर्शनकारी महिला र १ जना प्रहरी घाइते भएका जनाइएको छ प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी करिब १५ जना लाई पक्राउ गरेको छ

Loading...
प्रकाशित मिति १३ पुष २०७६, आईतवार ११:०८