श्रीमान-श्रीमतिको एउटै चितामा दा’हसंस्कार !

रौतहट / रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु’र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ ।

ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा’हसंस्कार गरिएको हो । उनीहरुको गत फागुन १० गते विवाह सम्पन्न भएको थियो । विवाह गरेको १० महिना पूरा भएकै भोलिपल्ट दुबैले ज्या’न गु’माएका हुन् ।

स्थानीय माउन्ट एभरेष्ट आवाशीय माविमा शिक्षकको रुपमा कार्यरत विक श्रीमति सृजनाको उपचारको लागि भनेर विद्यालयबाट एकदिनको विदा लिएर सुमो चढेर काठमाडौँ गएका थिए ।विक परिवारका अनुसार सृजना गर्भवती थिइन ।

‘शुक्रबार गएर शनिबार बेलुकी फर्केर आइतबारदेखि विद्यालय आउँछु भनेर वि’दा लिएर गएको थियो मनिष’ विद्यालयका संस्थापक उमेश बास्कोटाले भन्नुभयो, ‘तर दैवको लीला कहिले न’फर्कने गरी गयो ।’२१ वर्षीय विकले स्कुलको पढाई पनि सोही विद्यालयबाट पूरा गरेका थिए ।

सानैदेखि मेहनती, मृदुभाषी र सहयोगी स्वभावका विकको मृ’त्युले सबैमा ठूलो चो’ट परेको विद्यालयका शैक्षिक संयोजक अच्युत हुमागाई बताउनु हुन्छ ।

Loading...
प्रकाशित मिति १३ पुष २०७६, आईतवार १४:१४