घरमै बसेर यसरी पकाउनुहोस् मिठो मःम (भिडियो हेर्नुहोस्)

काठमाडौं / जाडो मौसममा मःम खाँदा निकै आनन्द आउँछ । धेरै मानिसहरु मःम भनेपछी हुरुक्कै हुन्छन् । मःम खाने इच्छा भएका धेरै पसल नै धाउने गर्छन् । तर मःम खाने इच्छा भए घरमै पनि बनाउन सकिन्छ । मःम बनाउनुृ परेमा भान्सामा केहि सामानहरु जुटाएर सजिलै बनाएर खाँदा निकै आनन्द र रमाइलो पनि हुन्छ ।

त्यसैले मिठो मःम बनाउन एक कप मैदा, एउटा प्याज, एउटा भेडेखुर्सानी, एउटा गाजर, आधी कप मसिनो गरी काटिएको बन्दाकोपी, एक चम्चा अदुवा र लसूनको पेस्ट, एक चम्चा मरिच, एक चम्चा सोया सस, एक चम्चा चूक अमिलो, स्वादअनुसार नून, अलिकति पानी र काटिएको हरियो धनियाँ आवश्यक पर्छ । त्यसपछी अब मःम बनाउन पहिले मैदालाई जालीले छान्नुस् र त्यसमा अलिकति नून हालेर पानीमा मुछ्नुस् । नरम हुन्जेल मुछेपछि त्यसलाई केही बेरका लागि छोपेर राख्नुस् ।

त्यस समयसम्म सबै तरकारीलाई मसिनो गरी काटेर राख्नुहोस्। त्यसपछी एउटा कराहीमा तेल तताएर अदुवा लसूनको पेस्ट हालेर रातो भएसम्म भुट्नुस् । त्यसपछी यसमा प्याज हालेर पनि भुटेनुहोस् । त्यसपछी यसमा तरकारीहरू हाल्नुस् र पाँच मिनेटसम्म फ्राई गर्नुस् यसमा सोया सस, चूक अमिलो, मरिच, नून र हरियो धनियाँ पनि मिसाउनुहोस् ।

त्यसपछी त्यसलाई उतारेर बाहिर राख्नुहोस् । अब मुछिएको पीठोका ससाना डल्ला निकाल्नुस् र पूरी बेले झैं बेल्नुस् । उक्त पातलो पीठोमा चम्चाले तरकारीको मिश्रण हालेर बन्द गर्नुहोस् ।

यसरी नै सबै पीठोकोत्यसपछी ममको भाँडोमा पानी हालेर तताउनुहोस्। भाँडोको जालीमा सबै मम राख्नुस् र माथिबाट छोप्नुस् । पानीको बाफले मम पाक्छ ।

Loading...
प्रकाशित मिति १३ पुष २०७६, आईतवार १६:२३