मदन विक
बाजुरा, ३०असार / बाजुरा प्रहरीले ६ वर्षीया बालिका बलत्कार गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
६ वर्षीया बालिकालाई बडीमालिका नरपालिका चौराटाका १९ वर्षीय विक्रम बिष्टले जबरजस्ती करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अभियुक्त बिष्टलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
अन्य समाचार
मोरङ : भ्यागुत्ताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । असार २१ गते सन्सारीमाइ मन्दिरमा बिवाह गराइर्एका भ्यागुताको आइतबार सम्बन्ध विच्छेद गराइएको हो ।
बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । यस्तो गर्दा वर्षात र डुवानको समस्या कम हुने विश्वास गरिएको छ ।
लामो समयसम्म खडेरी परेपछि स्थानीयले धार्मिक विधि अनुसार भ्यागुत्ताको विहे गराएको थियो । भ्यागुत्ताको सम्बन्ध विच्छेद गराइएको कागज अहिले सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बनेको छ ।