महेन्द्रनगर / दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन् ।
नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् ।
डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो ।