माेटरसाइकल दुर्घटना : सुदिप राना मगरकाे मृत्यु

चितवनमा भएकाे माेटरसाइकल दुर्घटनामा चालक गण्डकी गाउँपालिका-६, भुम्लीचाेकका २५ बर्षीय सुदीप राना मगरकाे मृ,त्यु भएकाे छ भने साेही गाउँपालिका निवासी यात्रु दुर्गा थापा मगर गम्भीर घाइते भएका छन् ।

ना.३७प. ४९५४ नं काे माेटरसाइकल राती सवा १२ बजे साैराहाबाट बाघमारा आउँदै गर्दा बाघमारा सामुदायिक बनकाे पर्खालमा ठाेक्किएर उक्त दुर्घटना भएकाे हाे । दुर्घटनामा घटनास्थलमै चालक राना मगरकाे निधन भएकाे हाे ।

घाइते थापा मगरकाे अहिले पुरानाे मेडिकल कलेज, भरतपुर चितवनमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ०९:११