मन्त्रीलाई सडकमै झापड हानेपछि…

जनकपुर / प्रदेश–२ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई प्रदेशसभा सदस्य प्रमिला देवी दासले झापड हान्ने प्रयास गरेकी छिन्। प्रदेश सभा सदस्य दाससँग मन्त्री रायले दुर्व्यवहार गरेपछि उनले हात देखाउँदै जथाभावी नबोल्न चेतावनी दिँदै झापड हानेको बताइएको छ ।

प्रदेशसभा भवन बाहिर उपभोक्ता समितिले प्रदेश सरकार विरोध प्रदर्शन गरिरहँदा कुरा मिलाउन आएका मन्त्री र प्रदेश सभा सदस्य बीच भनाभन भएको थियो । सांसद प्रमिलाले मन्त्री रायलाई अनुहार ताकेर झापड हानेकी थिइन् तर नेपाली काग्रेस संसदीय दलका नेता रामसरोज यादवले उनले हानेको झापड रोकेका थिए।

प्रदेशसभा सदस्य दासले उपभोक्ता समितिको रकम मिलानका लागि पहल गरिदिन आग्रह गर्न भलाकुसारी गर्न पुगेका बेला मन्त्री रायले दुर्व्यवहार गर्दै जथभावी नबोल्न भन्दै महिला भएर जे पायो त्यही बोलेको भनेपछि प्रदेससभा सदस्य दासले झापड हिर्काउनका लागि हात उठाएपछि विषयले झन बल्झिएर उग्र रुप लिएको थियो ।

राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका छन् भने प्रदेसभा सदस्य दास नेपाली काग्रेसको समानुपातिक कोटाबाट मनोनित भएका हुन्।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार १५:५१