आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन, तपाईंको यो साल कस्तो रहन्छ जान्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामाजिक कार्यहरुमा साथी-भाई र आफन्तजनहरुसँग तपाईको समय खुब आनन्दपूर्वक बित्नेछ। साथीसँगीहरुसँग समय बिताउँदा धनखर्च हुनेछ र उनीहरुबाट पनि लाभ मिल्नेछ। प्रकृतिसँगको सानिध्यताको लागि पर्यटनमा जानुहुनेछ। सरकारी र अर्धसरकारी कार्यहरुमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आम्दानीको नयाँ श्रोत पत्ता लाग्नेछ। अचानक धन लाभ हुने सम्भावना छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ कार्य सुरुवात गर्ने इच्छा राख्ने मानिसहरुका लागि अनुकूल दिन छ। नोकरी तथा व्यवसायमा लाभदायक परिणाम मिल्नेछ। पदोन्नति हुनेछ। व्यापारमा नयाँ ढोका खुलेसँगै आम्दानी ह्वात्तै बढ्नेछ। सुखद समाचार आउने सम्भावना प्रबल छ। मानप्रतिष्ठामा वृद्धि हुनेछ। रोकिएका कार्य पूरा हुनेछन्। गृहस्थजीवनमा मधुरता आउनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिकूल संयोग बन्दा तपाईको कार्यमा विलम्ब हुनेछ। शरीरमा स्फूर्ति र मनमा उत्साहको अभाव रहनेछ। पेटसम्बन्धी रोगले सताउनेछ। नोकरीमा उच्च पदाधिकारीबाट नराम्रो व्यवहार झेल्नुपर्नेछ। राजकीय कठिनाई बाधक बन्नेछ। महत्वपूर्ण कार्य या निर्णय आज स्थगित गर्नुहोला। सन्तानसँग मतभेद हुनेछ। प्रतिस्पर्धी र विरोधीहरुबाट सचेत रहन आवश्यक छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनको नकारात्मक व्यवहारले तपाईलाई हताश बनाउनेछ। बाहिरका खानपिनले स्वास्थ्यमा खराबी आउन सक्छ। क्रोध नियन्त्रणमा राख्नुहोला। पारिवारिक सदस्यसँग बखेडा खडा हुन् सक्छ। नयाँ सम्बन्ध कष्टदायक साबित हुनेछ। पैसाको खाँचो अनुभव हुने छैन। दूर्घटना, अपरेशनको योग छ। ईश्वरभक्तिले राहत महसुस गर्नुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पति-पत्नीबीच सानो कुराले खटपट हुन् सक्छ। जीवनसाथीको स्वास्थ्यको बारेमा चिन्ता रहनेछ। सांसारिक विषयको बारेमा उदासीन रहनुहुनेछ। सार्वजनिक जीवनमा स्वाभिमान डगमगिने छ। साझेदारीमा समस्या उत्पन्न हुन् सक्छ। विपरित लिङ्गको व्यक्तिसँगको भेट विशेष आनन्ददायक रहनेछैन। कोर्ट-कचहरीका प्रश्न हलमा विलम्ब हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। घरमा सुख-शान्तिको माहोल बन्दा प्रशन्नता अनुभव हुनेछ। आर्थिक लाभ र काममा सफलता मिल्नेछ। बिमारीबाट राहत महसुस हुनेछ। नोकरीमा लाभ मिल्नेछ। आफ्नो अधीनस्थ कर्मचारी तथा सहकर्मीहरुबाट सहयोग मिल्नेछ। प्रतिस्पर्धामा विजय प्राप्त गर्नुहुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आज तपाई कल्पना र सिर्जनाशक्तिको उत्तम उपयोग गर्न सक्नुहुनेछ। सन्तानको प्रगति हुनेछ। प्रिय व्यक्तिसँगको भेट रोमाञ्चक रहनेछ। तनमनले ताजगी र स्फूर्तिको अनुभाव गर्नुहुनेछ। मनमा धाराप्रवाही विचारहरु आउँदा मन विचलित बन्नेछ। आज कसैसँग बौद्धिक चर्चा या वादविवादमा सहभागी हुने अवसर पाउनुहुनेछ, परन्तु त्यसको गहिराइमा नडुब्न हुन् सल्लाह छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज तपाईले शारीरिक र मानसिक रुपले भय अनुभव गर्नुहुनेछ। कुनै न कुनैको चिन्ताले तपाईलाई बेचैन बनाउँछ। पारिवारिक सदस्य तथा साथीहरुसँगको सम्बन्धमा दरार आउनेछ। माताको स्वास्थ्य खराब हुनेछ। जमिन, वाहन आदिको खरिद गर्दा ध्यान दिनुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

गूढ रहस्यमय विद्या र अध्यात्मतिर तपाईको विशेष आकर्षण रहनेछ। नयाँ कार्य सुरुवातको लागि शुभ समय छ। मित्र र आफन्तजनहरुको आगमनले घरमा प्रसन्नता छाउनेछ। आफूले हात हालेको कार्य सफलतापूर्वक पूरा हुनेछ। धन लाभको योग छ। भाई-बहिनीहरुसँग मेलमिलाप रहनेछ। मान- प्रतिष्ठामा वृद्धि हुनेछ। प्रिय व्यक्तिसँग मुलाकात हुने सम्भावना छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईको वाणी र व्यवहारमा संयम राख्नुहोला। परिवारका सदस्यसँग मनमुटाव नहोस्, यसमा ध्यान दिनुहोला। शेयर बजारमा पूँजी लगानी गर्दा राम्रो हुनेछ। आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा गडबडी आउन सक्छ। आँखामा केही समस्या आउन सक्ने सम्भावना छ। नकारात्मक वृत्ति दूर गर्नु लाभदायी सिद्द हुनेछ। विद्यार्थीले पढाईमा अधिक ध्यान दिनुपर्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो

गणेशजीको आशिर्वादले शारीरिक तथा मानसिक रुपले तपाईको दिन प्रफुल्लित रहनेछ। परिवार, आफन्तजन तथा साथीहरुको उपस्थितिमा घरमा उत्सवको वातावरण बन्नेछ। घुमफिर र पर्यटनको कार्यक्रम आयोजित हुनेछ। आर्थिक दृष्टिले लाभदायक दिन छ। अध्यात्म र चिन्तनमा गहिरो लिनुहुन्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बृहत् आर्थिक आयोजना र पूँजी लगानी गर्ने समय विशेष ध्यान दिनुहोला। एकाग्रता कम र बेचैनी अनुभव गर्नुहुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ। साथीभाई तथा आफन्तसँग मतभेद हुनेछ। लालच मनले तपाईलाई हानि पुर्याउन सक्छ, ख्याल गर्नुहोला। कोर्ट-कचहरीको मामिलामा नपरेकै राम्रो हुनेछ।

Loading...
प्रकाशित मिति १६ पुष २०७६, बुधबार ०१:०४