मकवानपुरमा पहिरोले पुरिएर आमा छोरीको मृत्यु

हेटौंडा ।  मकवानपुरको मार्खुमा आइतबार राति पहिरो जाँदा घरमा सुतिरहेका आमा र छोरीको ज्यान गएको छ ।

ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा पहिरोले पुर्दा कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता बलामीको ज्यान गएको हो । त्यस्तै पहिरोमा परि ३८ वर्षीया बुहारी बेली बलामी घाइते भएकी छिन् ।

पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला पारिएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् । आइतबार राति नै पहिरो खसे पनि स्थानीयबासीले भने बिहान मात्रै थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घरै नदेखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियोे । ( रासस )

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार ०८:४९