इलाममा एक रुपैयाँमै खान बस्न सुविधा

काठमाडौं /भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका ५ जना पर्यटकलाई १ रुपैयाँमा खाने बस्ने सुविधा दिइएको छ ।

पहिलोपटक होटल बुक गर्न आएका ५ पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी १र१ रुपैयाँमा खाने बस्ने व्यवस्था गरिएको हो ।

इलाम बजारमा रहेका चियाबारी कटेज, हाम्रो पोखरेली होटल, ग्रिन भ्यु होटल, समिट होटल र ग्रिन सिटी गेस्ट हाउसले पर्यटकलाई उक्त सुविधा दिएको हो । पर्यटकलाई थप आकर्षित गर्न होटल एसोसिएसन इलाम, पर्यटन प्रवर्द्धन सरोकार समिति, इलाम नगरपालिकाले नगर पर्यटन समितिको पहलमा इलामका होटलमा उक्त सुविधा दिइएको होटल एसोसिएसनका अध्यक्ष देवी पौडेलले बताए ।

इलाम आइपुगेका जापानी पर्यटक युकिड मितामुरा र चार नेपाली पर्यटकलाई स्वागत गरी इलामको पर्यटन सद्भावना दूतका रूपमा प्रमाणपत्रसमेत प्रदान गरिएको छ ।

लक्की पर्यटक घोषणा भएपछि जापानी पर्यटक मितामुराले इलामले दर्शाएको आतिथ्य आफ्नो देशमा बाँड्ने बताए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Loading...
प्रकाशित मिति १७ पुष २०७६, बिहीबार १५:५२