अभिनेता रमित ढुंगानाको जोडी

काठमाडौं /  कुनै समय नेपाली चलचित्रमा निकै तहल्का मच्चाएका अभिनेता हुन् रमित ढुंगाना । धेरै समय नेपाली चलचित्रमा नदेखिएका उनी फेरी चलचित्र क्षेत्रमा फर्किएका छन् । केहि समय अघि उनले आफ्नै लगानीमा निर्माण तथा अभिनय गरेको फिल्म ‘बुद्ध वर्न इन नेपाल’ बक्स अफिसमा खासै राम्रो गर्न सकेन ।

अहिले फेरी उनी नयाँ चलचित्र ’राजा साहेब’ लिएर चलचित्रको पर्दामा फर्किएका छन् । नायिका नभेटिदा रोकिएको यस चलचित्रको छायांकन अब फेरी हुने भएको छ ।

अब भने चलचित्र ’चौका दाउ’ मा आइटम डान्स गरेकी सोनिका केसी र मोडल आइशा राई अभिनेता रमित ढुंगानाको अपोजिटमा देखिने भएका छन् । चलचित्र ’राजा साहेब’ मा रमितले सोनिका र आइशासँग अभिनय गर्ने पक्का भइसकेको छ । किराती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा सरु राइको लगानी रहेको छ ।

यस चलचित्रमा सरु राइको लगानी रहने बताइएको छ । चलचित्रमा रमित, सोनिका र आइशाका साथ जयकिसन बस्नेत, प्रज्जवल गिरी, पुष्कार रेग्मी लगायतको कलाकारहरुको अभिनय रहने बताइएको छ । यस चलचित्रमा अभिनेता ‘साइको’ व्यक्तीको भूमिका निर्वाह गर्ने बताइएको छ ।

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार ०८:५५