एक महिनाकी सुत्केरीको पीडा :  चिसो रात भोकभोकै गोठको बास

काठमाडौं / कटारी नगरपालिका–५ भुल्केकी यी महिला दोस्रो पटक सुत्केरी भएको एक महिना मात्र पुगेको छ । उनी पुसको यो चिसोमा पनि अर्काको गोठमा एक महिने शिशु र दुई वर्षकी छोरीसँगै बस्दै आएकी छन् ।

उनका श्रीमान् सुस्त मनस्थितिका रहेकाले सुत्केरी महिलाले खानुपर्ने पौष्टिक आहारबाट उनले पाएकी छैनन् । अर्काको गोठमा बस्दै आएकी उनको परिवारको न त जग्गा जमीन छ, न त खाने चामल नै छ ।

काखमा एक महिनाको बच्चा भएकाले कतै ज्याला मजदुरी गरेर छाक टार्ने अवस्थासमेत नभएकाले उनी भोकभोकै रहेको बताइएको छ ।

पुस महिनाको कठ्यांग्रिने जाडोमा शरीरलाई न्यानो बनाउने न त कपडा नै छ । अहिलेसम्म यो विपन्न परिवारलाई नगरपालिकाले समेत कुनै सहयोग नगरेको बताइएको छ ।

Loading...
प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार ०४:५१