एसपी मल्लले चितवन छाडे

काठमाडौं, पुस १८ । राजनीतिक शक्तिको आडमा संगठनको चेन अफ कमाण्डलाई चुनौति दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवनबाट रमाना बुझेका छन् ।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरे पनि चितवन प्रहरी प्रमुखमा रहेका मल्लले निर्णय लत्याउँदै जिल्ला छाडेका थिएनन् ।

अति भएपछि ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडाले बिहीबार उनलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन नै दिनु परेको थियो ।

शुक्रबार बिहान उनले आफ्नो बरबुझारथ गरेर जिल्लाबाट रमाना लिएको चितवन प्रहरीले जनाएको छ ।

मल्लको स्थानमा भने एसपी गंगा पन्तलाई सरुवा गरिएको छ ।

Loading...
प्रकाशित मिति १८ पुष २०७६, शुक्रबार ०९:०७