विवाह गरेको महिनादिन नपुग्दै आमा गुमाइन् ऋचा शर्माले

काठमाडौं / भर्खरै मात्र वैवाहिक बन्धनमा बाधिएकी चर्चित अभिनेत्री ऋचा शर्माले विवाहको खुशी राम्रोसँग बाड्न नपाउँदै आमालाई गुमाउन परेको छ ।

अभिनेत्री शर्माको आमाले गएराती यो संसार छाडेको खबर “न्युज फिल्म”का सञ्चारकर्मी अनुप भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

ऋचा शर्मा यतिबेला ‘कमेडी च्याम्पियन’ रियालिटि शोमा जर्जको भुमिका निभाइरहेकी छिन् । विवाह गरेको महिनादिन नबित्दै आमा गुमाउनु परेको ऋचा शर्मालाई यतिबेला ठूलो आपत परेको छ ।

तस्बिर / अनुप भट्टराई

Loading...
प्रकाशित मिति १९ पुष २०७६, शनिबार ०९:३५