काठमाडौंबाट नुवाकोट जाँदै गरेको बस भिरबाट खस्यो

काठमाडौँ । काठमाडौँबाट धुन्चे जाँदै गरेको यात्रुबहाक बस मुलखर्कको भीरबाट खसेको छ । केहीबेर अघि चालक र सहचालक बाहिर निस्किएको समयमा बस पछि हटेर भीरबाट खसेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

मुलखर्कको उकालोमा बस नचढेपछि ह्याण्ड ब्रेक लगाएर चालक समेट ओट राख्न तल झरेको समयमा बस पछि गुडेर भीरबाट खसेको भण्डारीले बताए ।

दुर्घटनामा २ जना यात्रु गम्भीर घाइते भएका छन भने ७ जना यात्रु समान्य घाइते भएका छन । घटनाको विस्तृत विबरण आउन बाँकी छ । बसको नम्बर खुलेको छैन ।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति १९ पुष २०७६, शनिबार १३:०९