कालिञ्चोक मन्दिर जाँदै गरेको जिप दुर्घटना

सिन्धुपाल्चोक / सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा शनिबार बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

काठमाडौंको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा२च६९६५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोही ठाँउमा गएको मङ्सिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

Loading...
प्रकाशित मिति २० पुष २०७६, आईतवार ०१:२४