सुनको भाउ बढेर साढे ७५ हजार पुग्यो

काठमाडौं / साताको पहिलो दिन आज पनि सुनको मूल्यमा बृदि भएको छ । आइतबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ।

नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाए अनुसार आज सुन तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यो सुनको भाउ हालसम्मकै उच्च हो।शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ बढेर आज प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला ९ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

Loading...
प्रकाशित मिति २० पुष २०७६, आईतवार ०७:०२