होसियार ! अब कसैलाई जिस्क्याए १० लाख जरिवाना तिर्नु पर्ने

काठमाडौं / सूचना प्रविधि विधेयकले ‘सामान्य’ अप,राध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अ,परा,धमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अ,परा’धमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ।

मुलुकी फौजदारी सं,हिताले हाड’नाताभित्रको कर,णी’मा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने भन्छ। विधेयकअनुसार भने कसैले कसैलाई जिस्क्याए पनि १० लाख रुपैयाँसम्म जरिवानाको भागिदार बन्नुपर्ने अवस्था छ।

संहिताको दफा २२० ले सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीच कर,णी भए चार वर्षदेखि १० वर्षसम्म कै,द र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना भन्छ।

विधेयकको दफा ८३ अन्तर्गत ‘साइबर बुलिङ गर्न नहुने’ खण्डमा कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने कार्य गरे कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कै,द वा दुवै सजाय हुने उल्लेख छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

Loading...
प्रकाशित मिति २१ पुष २०७६, सोमबार ०१:४५