काठमाडौं / अष्ट्रेलियामा यतिबेला ठूलो वि’पत आइपरेको छ । जंगलमा लागेको डढेलोले त्यहाँको जनजीवन कष्टकर बन्दै गइरहेको बेला
अष्ट्रेलियामा पानी परेको छ ।
विश्वभरका नागरिकले प्राथना गरिरहेका छन् अष्ट्रेलियामा पानी पारिदेउ भनेर’, नभन्दै पानी त पर्यो,तर आगो अझै नियन्त्रण बाहिर रहेको अष्ट्रेलिया सञ्चारमाध्यम हरुले उल्लेख गरेका छन् ।
सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख छ ।
अन्य समाचार
काठमाडौं : पश्चिमी वायु सक्रिय हुँदा नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ। पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
आज (सोमबार) दिउँसोदेखि नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा देखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्।
यसको प्रभाव भोली (मङ्गलबार) थप बढेर पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुनेछ। यतिखेर भने देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् अर्यालले बताएका छन्।
उनका अनुसार आज दिउँसो देशका पश्चिमी र पूर्वी भेगका केही स्थानमा हल्का बर्षा हुनेछ। पानी र हिउँ पर्ने तथा छर्लङ्ग घाम नलाग्दा यतिखेर देशैभर अत्याधिक चिसो महशुस गरिएको छ। सोमबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस कायम भएको छ।