टीका सानूको तीज कोसेली

काठमाडौं ३० असार / नेपाली नारीहरुको महान पर्व हरीतालिको समय नजकिएको बेला परदेशी गायकको रुपमा ख्याती कमाएर चर्चित गायक तथा सर्जक सुर्य खड्का बिल्कुलै नयाँ नयाँ बजारमा ल्याएका छन् । आफुलाई हरेक समय सफल गायकको रुपमा स्थापित गराएका खड्काले यसपाली तिजमा ल्याएको गित गौथलीले साच्चीकै आम दर्शक श्रोताको मन सहजै जित्ने अनुमान लगाउन सकिन्छ ।

केहि समय अगाडी बजारमा आएको दोहोरी गितमा समेत टेन्डिगंमा रहेको खड्कालाई यसपाली गौथलीमा भने दोहोरी गायीकाको रुपमा ख्याती कमाउँदै गरेकी टिका सानुले साथ दिएकी छन् । उनले गितको भिडियोमा पनि निकै आर्कषक अभिनय गरेकी छन् ।

धर्ति फाट्ला आकासै फाट्ला

तर दिलमा अरु कोहि नबस्ला

गौथलीले गुड सार्यो धन्सारमा

तिम्ले माया नसारे कतै

हाम्रै जोडी राम्रो छ सँसारमा जस्ता गितका निकै रमाईला शब्दहरुलाई भने रबिन लामिछानेले कोरेका छन् । उनका शब्दहरुलाई संगितको सांग्लोमा बाधेर सुन्न लायक भने गायक सर्जक खड्का आफैले गरेका छन् ।

हालै मात्र बजारमा आएको गौथलीलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना साथै गितको सम्पादन नबिन घर्ति मगर, निर्देशन शंकर बिसीले गरेको छन् । भने गितको भिडियोमा अभिनय टिकासानु र निकेश शर्माले गरेका छन् ।

Loading...
प्रकाशित मिति ३० असार २०७६, सोमबार १३:०७