किन अन्धो भैन म…

काठमाडौं / गायक सुरेश रमण अधिकारी र विष्णु माझीको आवाज रहेको उत्कृष्ट गीत किन अन्धो भइन म सार्वजनिक भएको छोटो समयमै सबैको मन जित्दै उत्कृष्ठ को सुचिमा पर्न सफल भएको छ ।

गीतको खोट लगाउने कुनै ठाँउ छैन भने माया प्रेममा विछोड हुने प्रेमीहरुको कथालाई गीतले निकै कलात्मक रुपमा गीतको अडियो र भिडियोमा उतारेको छ ।

गीत हेर्न थाले पछि कतिबेला आँखा रसाउछन पत्तै हुँदैन् दर्शकले यस्तै प्रक्रिया दिएका छन । सुरेश रमणको सबैको ओठमा झुन्डीन सक्ने लय सहितको सो गीतमा मुटु छुने शब्द भने सागर रेग्मीले गरेका छन ।

गीतको म्युजिक भिडियो समेत दमदार रहेको छ गीतलाई कपिल लामाले निकै राम्रो कथामा बाँधीएर निर्देशन गरेका छन भने अभिनय गर्न माहिर आशिर प्रताप जंग र सारिका केसीले गीतमा अभिनय गरेका छन ।

Loading...
प्रकाशित मिति २१ पुष २०७६, सोमबार १६:४७